सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप १५० जनामा कोरोना पुष्टि, तीनको मृत्यु

२०७७ चैत्र ९, ०६:०६ खबर संवाददाता

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा थप १५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५० जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म २ लाख ७२ हजार २० जना संक्रमणमुक्त भएका छन्।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार १९ पुगेको छ। आज कोरोनाबाट थप तीन जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ। नेपालमा हाल सक्रिय संक्रमितको संख्या १०१७ रहेको छ।

कमेन्ट लोड गर्नुस