सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको सामुदायिक वनमा भेटियो बन्दुक

फाइल फोटो
फाइल फोटो
२०७७ चैत्र ८, ०३:१२ खबर संवाददाता

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका–८ को मष्टेश्वरी सामुदायिक वनमा घरेलु भरुवा बन्दुक फेला परेको छ।  

उपभोक्ता समिति र डिभिजन वन कार्यालय बाजुराको टोली वनको अवस्था बुझ्न गएका बेला रुखको टोट्कामा लुकाएर राखेको अवस्थामा उक्त बन्दुक फेला परेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ। 

उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय बाजुरामा बुझाएको वन डिभिजन कार्यालयका निमित्त कार्यालय प्रमुख सहायक वन अधिकृत राजन कुँवरले बताए।

कमेन्ट लोड गर्नुस