सुदूर नेपाललाई विश्वसँग जोड्दै

केमपोल ब्राण्डको लुब्रिकेन्टस् अब प्रदेश सातका बजारमा

२०७५ असोज १०, ०९:२४

भारतको ग्यालेक्सटार इण्डिया भेञ्चर प्रालिले उत्पादन गरेको केमपोल ब्राण्डको लुब्रिकेन्टस्को प्रदेश सातका वजारमा बिक्री वितरण सुरु भएको छ । धनगढीमा रहेको ईशु माया ट्रेडर्सले केमपोल लुब्रिकेन्टस्को बिक्री वितरण सुरु गरेको बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । केमपोल ब्राण्डको बिहीवारदेखि औपचारिक रुपमा उद्घाटन समेत हुँदैछ । 
केमपोल लुब्रिकेन्टस् दुई चक्के र चार चक्के सवारी साधनका साथै भारवाहन ट्रक, ट्रयाक्टरकाहरु सहित सबै प्रकारका पम्प तथा मेसिनका लागि फाईदाजनक रहेको ग्यालेक्सटारका प्रबन्ध निर्देशक आई. अहमदले बताए । उनले आफ्नो कम्पनीको उत्पादनले भारतको उत्तर प्रदेश, राजस्थान र मध्येप्रदेशमा धेरै बलियो उपस्थिति जनाइसकेको जनाउँदै यहाँको काठमाण्डौं, दाङ, नेपालगञ्ज, धनगढीमा पनि आधिकारिक विक्रेता भइसकेको जनाए । 
केमपोलले लुब्रिकेन्टस्ले इञ्जिनहरुमा सही प्रविधि, स्वास्थ्य र बल प्रदान गर्ने एमडी अममद्ले दावी गरे । उनले उत्कृष्ट प्रदर्शन र बल प्रदान गर्ने प्रतिबद्धता सहित नेपाली बजारमा प्रवेश गरेको जानकारी दिए । ग्यालेक्सटारको उत्पादन उत्कृष्ट लागेकाले यो क्षेत्रमा सेवा दिनका लागि आधिकारिक विक्रेता बनेको ईशुमाया ट्रेडर्सका सञ्चालक केशव पन्तले बताए । उनले सबैलाई केमपोल लुब्रिकेन्टस् प्रयोग गर्न आग्रह समेत गरेका छन् । 
केमपोले लुब्रिकेन्टस आइएसओ ९००१ र २०१५ सर्टिफाइड रहेको छ । ग्यालेक्सटारका निर्देशक निलिमा सक्सेनाले केमपोल भारतको धेरै ठूलो ब्राण्ड रहेको दावी गरिन् । कार्यक्रममा ग्यालेक्सटारका निर्देशक करन टण्डोल, केमपोल ट्रेडर्स नेपालका निर्देशक अशोक थापा समेतको उपस्थिति रहेको थियो ।

कमेन्ट लोड गर्नुस