बाजुरामा सरसफाइ सामग्री वितरण
धनगढी: बाजुरामा महिलाहरुलाई सरसफाइ सामग्री वितरण गरिएको छ । जिल्लाको बडीमालिका र बुढीगङ्गा नगरपालिकाका ७ सय जना महिलाहरुलाई सरसफाइ सामग्री वितरण गरिएको हो ।
दुबै नगरपालिकाको समन्वयमा मानवीय सेवामा अनेकौ प्रयास नामक संस्थाले छाउपडी कुप्रथाविरुद्ध स्वास्थ्य सचेतना कार्यक्रम अन्तर्गत सो सामग्री प्रदान गरेको उक्त संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।
उनका अनुसार दुबै नगरपालिकाका २ सय जना विद्यार्थीलाई शैक्षिक सामग्री पनि वितरण गरिएको छ । बुढीगङ्गा नगरपालिकाको वडा नम्बर १ स्थित अम्कोटका १ सय २० जना पहिरो पीडितलाई समेत खाद्यान्न वितरण गरिएको संस्थाका अध्यक्ष जोशीले बताए ।