सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बाख्रामोडल फर्मको स्थापना हुने

२०७७ चैत्र ७, ०३:३१ खबर संवाददाता

दार्चुला: दार्चुलाका ५ वटा स्थानीय तहमा बाख्रामोडल फर्मको स्थापना गरिने भएको छ। 

जिल्लाका लेकम, मालिकार्जुन, दुहुँ गाउँपालिका, शैल्यशिखर र महाकाली नगरपालिकामा फर्म स्थापना गरिने भएको हो।

पशु विकास कार्यक्रम अन्तरर्गत बाख्रा पालनलाई थप सुधार्दै उत्पादनमा वृद्धि र पशु प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यले बाख्रामोडल फर्म स्थापना गर्न लागिएको बताइएको छ। 

जसका लागि भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले चालु आर्थिक वर्षमा झण्डै ३० लाख रुपैँया बजेट विनियोजन गरेको छ।
 

कमेन्ट लोड गर्नुस