सुदूर नेपाललाई विश्वसँग जोड्दै

महिलासङ्ग शङ्कास्पद अवस्थामा भेटिएका बैतडीका वडाअध्यक्ष प्रहरी नियन्त्रणबाट छुटे

२०७७ चैत्र ७, ०९:०३ खबर संवाददाता

धनगढी: महिलासङ्ग शङ्कास्पद अवस्थामा भेटिएका बैतडीका वडाअध्यक्ष प्रहरी नियन्त्रणबाट छुटेका छन् ।

दोगडाकेदार गाउपालिका -७ का वडाध्यक्ष भरत महरालाइ शङ्काको भरमा नियन्त्रणमा लिइएको जनाउँदै शुक्रबार प्रहरीले उनलाई घर पठाएको बताएको हो ।

वडाध्यक्षकी श्रीमतीले शङ्का मानेर प्रहरीलाई खबर गरेपछि उनलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको र आरोप लगाएअनुसारको नपाइएपछि घर पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार वडाअध्यक्ष र महिलाले पाटीगत तथा विद्यालयको विषयमा छलफल गर्न आफूहरु बसेको बताएका छन् ।

कमेन्ट लोड गर्नुस