डडेल्धुरामा जीप दुर्घटना
धनगढीः डडेल्धुरामा जीप दुर्घटना भएको छ।
जिल्लाको अजयमेरु गाउँपालिका वडा नम्बर ३ मा सु.प.प्र ०१–००१ ज ११६५ नम्बरको जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार हुँदैछ।
घाइते हुनेमा सोहि वडाका ३५ वर्षिय राजेन्द्र पाण्डे, ३० वर्षीया सीता पाण्डे, २२ वर्षीया जयन्ती पाण्डे, ५२ वर्षिय बलबहादुर पाण्डे र बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर ३ का ३६ वर्षिय खेमराज भट्ट रहेका छन्।
डडेल्धुरा सदरमुकामदेखि अजयमेरु जाँदै गरेको जीप अनियन्त्रित भएर दुर्घटनमा परेको डडेल्धुरा प्रहरीले बताएको छ।