सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा मतदाता नामावली सङ्कलन सुरु

२०७७ चैत्र ६, ०६:११ खबर संवाददाता

धनगढी: दार्चुलामा मतदाता नामावली सङ्कलन सुरु गरिएको छ ।

सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेपछि स्थगित मतदाता नामावली सङ्कलन दार्चुलामा बिहीबारदेखि पुन: सुरु गरिएको हो । 

जिल्ला निर्वाचन कार्यालय दार्चुलाले यही चैत ५ गतेबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने बताएको हो । 

कार्यालयका अनुसार गत पुस ५ गतेसम्म दार्चुलामा ४२ हजार २सय ७६ पुरुष र ४० हजार ९सय १८ जना महिला गरी ८३ हजार १सय ९४ जना मतदाता रहेका छन् भने १ सय १० मतदानस्थल रहेका छन् ।

कमेन्ट लोड गर्नुस