सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तरकारी बाली र पोल्ट्री फार्म वर्कर तालिमको अनुगमन

२०७७ चैत्र ५, ०२:४१ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा तरकारी बाली र पोल्ट्री फार्म वर्कर तालिमको अनुगमन गरिएको छ । 

जिल्लाको बेलौरी नगरपालिकामा निड्स नेपालको दक्षता परियोजना, सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र किसान २ परियोजनाबाट सञ्चालित तरकारी बाली र पोल्ट्री फार्म वर्कर तालिमको अनुगमन गरिएको हो । 

नगरस्तरीय सरोकारवालाहरुको अनुगमन टोलीले नगरपालिकाको वडा नम्बर ८ मा बेमौसमी तरकारी बाली र वडा नम्बर १० मा पोल्ट्री फार्म वर्कर तालिमको अनुगमन गरेको छ । पोल्ट्री फार्म वर्कर तालिमका सहभागीहरुले भारतबाट अवैध रुपमा भित्र्याइने कुखुरा, चल्ला, अण्डा आयातमा प्रतिवन्ध लगाइनुपर्ने माग राखेका छन् । 

त्यस्तै कृषकहरुलाई सम्झौता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पालिकासँगको समन्वयमा अनुदानमा गहुँ र धानको विउ वितरण गरेको र कृषि ज्ञान केन्द्र एवम् किसान २ परियोजनाको सहयोगमा ५० प्रतिशत अनुदानमा मेसिनरी औजार उपलब्ध गराएको बताइएको छ । 

कमेन्ट लोड गर्नुस