सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीकी मीना हत्या प्रकरण : श्रीमान, सासु–ससुरासहित ४ जनालाई थुनामा राख्न आदेश

२०७७ चैत्र ५, १२:३२ रासस

डोटी: डोटीको दिपायल सिलगढी नगरपालिका–२ पुनेपाटाकी २२ वर्षीया मीना ढोलीका हत्या अभियोगमा चार जना थुनामा परेका छन्। 

जिल्ला अदालतले मृतक मीनाका श्रीमान् प्रकाश दमाइँ, ससुरा प्रेम दमाइँ, सासू दुर्गा दमाइँ र उनकी बहिनी रम्भालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। 

गत फागुन ६ गते मीनाको घरमै घाँटी थिचेर हत्या भएको हुनसक्ने जनाउँदै प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदातलमा जाहेरी दिएको थियो।

अनुसन्धानका क्रममा परिवारका सदस्यलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। 

कमेन्ट लोड गर्नुस