सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा कृषकहरुलाई बेमौसमी तरकारी खेती तालिम

२०७७ चैत्र ५, ०६:०० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा कृषकहरुलाई ३ महिने बेमौसमी तरकारी खेती तालिम दिन लागिएको छ । 

जिल्लाको बेलौरी नगरपालिकाका कृषकहरुलाई आइपिएममा आधारित बेमौसमी तरकारी खेती सम्बन्धी तालिम दिन लागिएको हो ।

युरोपियन यूनियनको आर्थिक सहयोग र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा राष्ट्रिय वातारण तथा सम विकास समाज निड्स नेपालले बजारमा आधारित प्राविधिक तथा व्यवसायिक सीप (दक्षता) परियोजना मार्फत कृषकहरुलाई उक्त तालिम दिन लागिएको हो ।

बुधबार एक औपचारिक कार्यक्रमकाबीच नगरपालिकाको वडा नम्बर ३ को कार्यालयमा सो तालिमको उद्घाटन गरिएको थियो । तालिममा बेलौरीका २० जना युवा तथा कृषकहरु सहभागी छन् ।

कृषकहरुलाई दक्ष बनाउने, स्वच्छ बाली हुर्काउने, रासायनिक विषादिको प्रयोग कम गर्ने, शत्रु जीव व्यवस्थापन र मित्र जीवको संरक्षण गर्ने पद्धतीमा आइपिएम तरकारी खेतीलाई प्रवर्धन गरिएको बताइएको छ । 

सो कार्यक्रम सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर र बझाङ्ग गरी तीन जिल्लामा सञ्चालन भइरहेको जनाइएको छ ।

कमेन्ट लोड गर्नुस