थपिए ११४ सङ्क्रमित
देशभरमा आज ११४ जना सक्रिय सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा ९४ जना सङ्क्रमण मुक्त भएका छन्। आज सङ्क्रमणमुक्त भएका ९४ समेत गरी आजसम्म दुई लाख ७१ हजार ४९५ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। आजसम्म निको हुने दर ९८ दशमलव छ प्रतिशत रहेको छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ७५ हजार ४२४ पुगेको छ।
काठमाडौँमा ३४ नयाँ सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी दुई हजार ७९० नमूना परीक्षण भएको थियो। हालसम्म २२ लाख २१ हजार ५१२ नमूना परीक्षण भइसकेको छ। प्रति १० लाख जनसङ्ख्यामा ७६ हजार २४४ परीक्षण भएको बताइएको छ।
कोभिड–१९ कारण हालसम्म देशभरका तीन हजार १४ को मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा भने कोभिडका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। हाल क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ५१ रहेको बताइएको छ । सरकारले देशभरमा हाल कोभिडविरुद्धको खोप लगाइरहेको छ । आजसम्म खोप लगाउनेको सङ्ख्या १६ लाख पाँच हजार ७०६ रहेको छ।