सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा जेसिजद्वारा आलोक मल्टी कन्सर्नलाई १ लाख बढी रकम सहयोग

२०७७ चैत्र ३, ०४:२३ खबर संवाददाता

धनगढी: धनगढी उप–महानगरपालिका–४ चटकपुरस्थित रहेको आलोक मल्टी कन्सर्न उद्योगमा आगलागी भएपछि आर्थिक सहयोग अभियान थालिएको छ। सोही अभियान अन्तरगत आगलागीबाट क्षति भएको फर्निचर उद्योगलाई जेसिज डडेल्धुराले आर्थिक सहयोग गरेको छ।

मंगलबार जेसिज डडेल्धुराका अध्यक्ष गोविन्द बोहरा लगायतका पदाधिकारीहरुले फर्निचर उद्योगका सञ्चालक भोजराज भट्टकी पत्नीलाई १ लाख २ हजार ७ सय ७६ को चेक हस्तान्तरण गरेका हुन।  

उद्योगमा आगलागी पश्चात केही हदसम्म सहयोग होस् भन्ने हेतुले आर्थिक सहयोग गरेको अध्यक्ष बोहराले बताए। 

आलोक मल्टी कन्सर्नका सञ्चालक भट्ट डडेल्धुरा जेसिजका पूर्व अध्यक्ष हुन। 

उद्घाटनको तयारीमा रहेको भोजराज भट्ट र पदम भण्डारीको आलोक मल्टी ट्रेड कन्सर्न उद्योगमा फागुन २३ गते एक्कासी आगलागी भएको थियो। आगलागी भएर पौने ५ करोड बढी क्षति भएको बताइएको छ। 

आगलागीबाट पूर्णरुपमा ध्वस्त भएको आलोक कन्सर्न प्रालीलाई जनस्तरबाटै आर्थिक सहयोग गर्न अभियानहरु थालिएका छन्। 
 

कमेन्ट लोड गर्नुस