सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका ५ स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप कार्यक्रम

२०७७ चैत्र ३, ०३:१३ खबर संवाददाता

दार्चुला: दार्चुलाका ५ वटा स्थानीय तहमा एक विद्यार्थी एक ल्यापटप  कार्यक्रम सञ्चालनमा ल्याइएको छ। 

विश्व खाद्य कार्यक्रम अन्तरर्गत जिल्लाका ५ वटा स्थानीय तहका १५ वटा विद्यालयहरुमा कार्यक्रम सञ्चालनमा रहेको हो।

जिल्लाको मार्मा गाउँपालिकामा सबैभन्दा बढी ७ वटा विद्यालयहरुमा यो कार्यक्रम लागु भएको छ भने दुहुँ गाउँपालिकामा १ वटा, मालिकार्जुन गाउँपालिका तथा शैल्यशिखर नगरपालिकामा समान २÷२ वटा विद्यालयहरुमा यो कार्यक्रम सञ्चालनमा रहेको छ। यस्तै नौगाड गाउँपालिकामा ३ वटा विद्यालयहरुमा यो कार्यक्रमा सञ्चालनमा रहेको छ। 

उक्त कार्याक्रमामार्फत ५ विद्यालयका झण्डै ७ सय ५० जना विद्यार्थीहरु लाभान्वित भएको विश्व खाद्यकार्यक्रम दार्चुलाका कार्यक्रम संयोजक विजय विश्कर्माले बताए। 

विद्यार्थी र शिक्षकले कक्षाकोठामा गर्ने क्रियाकलापको ढाँचा बिस्तारै परिवर्तन गर्ने उदेश्यले यो कार्यक्रम सञ्चान हुदै आएको उनले बताए। 

सुदूरपश्चिमका दार्चुलासहित बझाङ, बैतडी, डोटी, डडेलधुरामा यो कार्यक्रम सञ्चालनमा रहेको छ। 


 

कमेन्ट लोड गर्नुस