कैलालीको डी–कम माइक्रोसिस्टम्सद्वारा चितवनका किसानलाई धान रोप्ने अत्याधुनिक मेसिन
धनगढीः कैलालीको टीकापुरमा रहेको डी–कम माइक्रोसिस्टम्स प्रालिले चितवनका किसानका लागि धान रोप्ने अत्याधुनिक मेसिन उपलब्ध गराएको छ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले ५० प्रतिशत अनुदानमा ६ लाइनमा एकै पटक धान रोप्न सक्ने अत्याधुनिक मेसिनको सप्लाई डी–कम माइक्रोसिस्टम्स प्रालिले चिनबाट गरिएको जनाएको छ।
पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका खेतमा ती मेसिनले धान रोप्न थालिएको छ। डी–कम माइक्रोसिस्टम्स प्रालिका प्रमुख इन्जिनियर प्रकाश विष्टले आधुनिक उपकरणको प्रयोगमा युवा पुस्ताको आकर्षण बढेको आफू पाएको बताए।
उनले सुदूरपश्चिम प्रदेशमा रहेर देशभरीकै किसानहरुलाई नविनतम प्रविधिमा आधारित कृषि उपकरण तथा औजार हस्तान्तरण गर्न पाउँदा खुसी व्यक्त गरे।
किसानलाई कृषि प्रविधि हस्तान्तरणमा पछि नपर्ने जनाउँदै नयाँ टेक्नोलोजीको लागि देशभरीमै नेतृत्व गर्नेगरि अघि बढेको जनाए।
अहिले डि–कमले चितवनको बछौली र कुमरोज साना किसान कृषि सहकारी संस्थालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनले ५० प्रतिशत अनुदानमा ६ लाइनमा एकै पटक धान रोप्न सक्ने मेसिन उपलब्ध गराएअनुसार आपुर्ति गरेको हो।
त्यो मेसिनको मूल्य झण्डै २० लाख पर्ने बताइएको छ। चीनबाट आएको जापानिज प्रविधिको सो मेसिनले थोरै खर्चमा धेरै उत्पादन गर्न सकिने परियोजना कार्यान्वयन ईकाई चितवनले जनाएको छ,।