रेडियो मेलौली नियमित प्रशारणमा
बैतडी: बैतडीको तल्लोस्वराडमा स्थापना भएको सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले आफ्नो नियमित प्रशारण यात्रा शुरु गरेको छ।
मेलौली सूचना तथा सञ्चार समुहद्वारा सञ्चालित रेडियो मेलौलीले आइतबार एक औपचारिक कार्यक्रमका साथ नियमित प्रशारण यात्रा सुरु गरेको रेडियोका स्टेशन म्यानेजर लक्ष्मण बिसीले बताए।
कार्यक्रममा मेलौली नगरपालिलिकाका प्रमुख कृष्णसिंह नायकलगायतका जनप्रतिनिधिको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख नायकले रेडियोले समावेसी र निष्पक्ष रुपमा अगाडिीबढ्नुपर्नेमा जोड दिए।
जिल्लाको तल्लोस्वराड क्षेत्र अन्र्तगत मेलौली नगरपालिका–१ मा स्थापना गरिएको रेडियो मेलौलीले ३ महिनाको परीक्षण प्रशारण पश्चात नियमित यात्रा सुरु गरेका हो।
रेडियोले नियमित प्रशारण यात्रा शुरु गरेपश्चात हरेक घण्टा ताजा समाचार, विभिन्न मनोरञ्जनातम्क कार्यक्रम, समसामहिक विषयमा गरिएको बहस, सूचना लगायत आवाज बिहिनहरुको आवाज बन्ने स्टेशन म्यानेजर बिसीले बताए।
दुर्गम ठाउँमा विभिन्न आरोह र अवरोह पार गर्दै स्थापना गरिएको रेडियोले विशेष गरेर यस क्षेत्रका हरेक पर्यटकिय ठाउँको विकास र प्रर्वद्धन गर्न विभिन्न माध्यमबाट प्रचारप्रसार गर्ने, स्थानीय भाषा, सस्कृतीको संरक्षण गर्ने, पिछडिएका वर्गहरुलाई अगाडी ल्याउन मद्दत गर्ने, जनताको हितको लागि कदम चाल्ने र यसका लागि यस क्षेत्रका बासिन्दाहरुको साथ सहयोग आवश्यक हुनुपर्ने रेडियोले जनाएको छ।
‘सम्वृद्धि र विकासका लागि समावेसी आवाज, आफ्नै बोली आफ्नै शैली’ भन्ने मूल नाराका साथ रेडियो सञ्चालनमा आएको हो। रेडियो अबदेखि बिहान ५ बजेदेखि राति ११ बजेम्म १८ घण्टे प्रशारण हुनेछ।
१ सय वाट क्षमता भएको रेडियोले गत पुस १० गतेबाट परीक्षण प्रशारण शुरु गरेको थियो।