सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको झुलाघाट नाकामा एक महिनाभित्र १५ सयको स्वास्थ्य जाँच

२०७७ चैत्र १, ०४:०४ खबर संवाददाता

बैतडी :  बैतडीको नेपाल–भारत सीमामा पर्ने झुलाघाट नाकामा पछिल्लो १ महिनाभित्र १५ सयभन्दा धेरैको स्वास्थ्य चेकजाँच गरिएको छ।

गत माघ २५ गतेदेखि हालसम्म १ हजार ५ सय ४४ जनाको स्वास्थ्य चेकजाँच गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। ती मध्ये १ हजार २ सय ६८ पुरुष र २ सय ७६ महिला रहेको उनले बताए। 

सीमा हुँदै आवतजावत गर्ने नागरिकको कोरोना लगायत अन्य परीक्षण र उपचार भइरहेको भट्टले बताए। साथै, हेल्थ डेस्कबाट परामर्श दिने काम पनि भइरहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा ल्याइएको थियो।  

नाका खुला भएसँगै सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्न हेल्थ डेस्क सञ्चालन गरिएको हो।

कमेन्ट लोड गर्नुस