देशभर थप ४८ जनामा कोरोना पुष्टि
काठमाण्डौः देशभर थप ४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ११८ पुगेको छ।
थप दुई हजार ५१२ जनाको पिसीआर परीक्षण गरिएको थियो। हालसम्म पिसीआर परीक्षण गराउनेको संख्या २२ लाख १० हजार ४३४ जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७१ हजार १७७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर ६१ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर ९२९ सक्रिय सङ्क्रमित रहेका छन् । हाल ५१ सङ्क्रमित क्वारेन्टिनमा रहनुभएको छ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजार ११२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।