दार्चुलाको अपिहिमालका प्रत्येक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाइने
धनगढी: दार्चुलाको अपिहिमाल गाउँपालिकाका प्रत्येक वडामा कृषि व्यवसाय स्रोत केन्द्र बनाइने भएको छ ।
गाउँपालिकाले प्रत्येक वडामा धान, गहुँ, मकै, आलु, कोदो, फापर, फलफूल, तरकारी तथा पशुपंक्षी पालनलगायत फरक फरक कृषि व्यवसायको स्रोत केन्द्र बनाउने भएको हो ।
सबै वडामा एक/एक वटा कृषि व्यवसायको स्रोत केन्द्र बनाउने उद्देश्यका साथ गाउँपालिकाले चालू आर्थिक वर्षमा ७४ लाख रुपैयाँ बजेट खर्च गर्ने बताइएको छ ।
जस अन्तर्गत कृषि कार्यक्रमका लागि प्रत्येक वडामा ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाइएको छ ।