सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ फाल्गुन २८, ११:३८ खबर संवाददाता

काठमाडौँ : शुक्रबार स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यापार व्यवसायी महासंघका अनुसार आज शुक्रबार प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार हुनेछ। 

हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ रहेको थियो। सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ। 

यता, चाँदीको भाउमा पनि गिरावट आएको छ। हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस