सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा महिला कृषकहरुलाई बाख्रा

२०७७ फाल्गुन २८, ०८:२२ खबर संवाददाता

धनगढी: बैतडीमा एक सहकारी संस्थाले त्यहाँका कृषकहरुलाई बाख्रा वितरण गरेको छ । 

जिल्लाको दशरथचन्द नगरपालिकामा रहेको भूमी–मा कृषि सहकारी संस्थाले महिला कृषकहरुलाई बाख्रा वितरण गरेको हो । 

सहकारीमा आवद्ध दलित, जनजाति, एकल तथा अपाङ्ग ४० जना महिलाहरुलाई आर्थिक उपार्जनका निमित्त सहज् होस् भन्ने हेतुले बाख्रा वितरण गरिएको बताइएको छ । 

प्रदेश सरकारको भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोगमा वितरित बाख्रा बिहीबार प्रदेशसभा सदस्य लिलाधर भट्टले ती महिलाहरुलाई हस्तान्तरण गरेको जनाइएको छ ।

कमेन्ट लोड गर्नुस