गैरकानुनी रुपमा जडीबुटी संकलन रोकिएन
बाजुरा जिल्लाका राष्ट्रिय तथा सामुदायिक वनमा गैरकानुनी रुपमा जडीबुटी उत्तखनन तथा संकलन भइरहेको छ। जिल्लाका बुढिनन्दा र बडिमालिका क्षेत्रमा गैरकानुनी रुपमा जडिबुटी संकलन भइरहको स्थानियले वताएका छन्। जिल्ला बन कार्यालयको वेवास्ता र अनुगमन अभाबले ठेकेदारले अनुमति बिना नै मनोमानी रुपमा राष्ट्रिय तथा सामुदायिक बनको जडीबुटी उत्खनन गरिरहेका बुढिनन्दा नगरपालिका वडा नम्वर ४ का अध्यक्ष राजन रोकायाले बताए।
सबैभन्दा बढि अहिले सेतक चिनि नामक जडिबुटि गैरकानुनी रुपमा संकलन भइरहेको स्थानियले वताएका छन्। यो प्रजातिको जडिबुटि नेपालका ९ वटा जिल्लामा पाईने गरेको छ। यसमा पनि सबै भन्दा बाजुरा जिल्लामा यो जडिबुटि पाईने गरेको छ।
गत साता मात्र जिल्ला बन डिभिजन कार्यालयले बुढीनन्दा नगरपालिका ४ मा १ हजार १२ किलो सेतकचिनि बरामद गरेको इलाका बन कार्यालयका इन्र्चाज रेन्जर दिलिप कुमार यादवले बताए।
अनुमती बिना गाउँ गाउँमा सेतकचिनी नामक जडीबुटी उत्खनन गर्ने कार्य भइरहेको जिल्ला बन डिभिजन कार्यालयका प्रमुख दान बहादुर श्रेष्ठले स्वीकार गरे। श्रेष्ठका अनुसार वन डिभिजन कार्यलयले अनुमति दिएर मात्र जडिबुटी संकलन गर्नु पर्ने भएपनि अनुमतिका लागि निबेदन समेत नखुलेको अवस्थामा जडिबुटी संकलन भईरहेको छ।
नेपाली बजारमा प्रति किलो ५ सयदेखि ७ सय सम्म पर्ने गरेको छ। बाजुरा जिल्लामा मात्र प्रत्येक बर्ष १ लाख १९ हजार किलो संकलन गर्न पाँउने जिल्ला वन कार्यलय बाजुरको कार्ययोजनामा छ। सरकारलाई ठेकेदारले उत्खन्न गरे बाफत प्रतिकिलो ५ रुँपैया राजस्व तिर्नु पर्ने हुन्छ।
पहाडी जिल्लामा पाइने सेतकचिनि जस्तै कटुकी, पाचऔले, भुल्ते लगायत करोडौंको जटिबुडी इजाजत पत्रबिना संकलन गरि हुम्ला, जुम्ला र कालिकोट तिर निकासी भइरहेको ईलाका बन कार्यालय कोल्टीका प्रमुख दिलिप कुमार यादवले बताए। यस बाहेक तस्करले बनका कर्मचारीसंग मिलेर कर्णालीको बाटो भएर भारत र हुम्लाबाट चिनतिर पठाउने समेत गरिएको पाइएको छ।