यामाहाको रे जेडआर स्ट्रिट र्याली बजारमा (भिडियो सहित)
यामाहा मोटरसाईकल तथा स्कुटरको आधिकारिक डिलर स्वेता ट्रेडिङ कन्सर्नले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ धनगढी बजारमा ल्याएको छ । शुक्रबार स्वेता ट्रेडिङ कन्सर्नमा आयोजित कार्यक्रममा उद्योग वाणिज्य महासंघका पुर्व केन्द्रिय सदस्य गोपाल हमालले नयाँ स्कुटर सार्वजनिक गरे । हमालले सार्वजनिक गर्दै नयाँ मोडेलको स्कुटरले ग्राहकलाई तान्न सफल हुने बताए ।
कार्यक्रममा स्वेता ट्रेडिङ कन्सर्नका संचालक राजेश भण्डारीले अत्याधुनिक प्रबिधि भएको स्टाइलिस स्ट्रिट ¥याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्ने बताए । उनले भने–‘यामाहा प्रतिको बढ्दो मोहोलाई नयाँ स्कुटरले नयाँ उचाईमा पु¥याउने अपेक्षा हामीले गरेका छौं ।’ सो अवसरमा यामाहा कम्पनीका प्रतिनिधि भानुभक्त चौधरीले नयाँ मोडेलको स्कुटरबारे जानकारी गराएका थिए ।