कैलालीमा एमालेका दुई पक्षबीच झडप
धनगढी: नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टको नेमप्लेट राखिएपछि झडप भएको छ।
पार्टी एकिकरण हुँदाका बखत नेकपा एमालेको सुदूरपश्चिम इन्चार्जमा भीम रावल रहेपनि अहिले अदालतले पूर्व एमाले र माओवादी केन्द्र ब्यँुताएपछि भट्टलाई ओली समूहले इन्चार्जका रुपमा अघि सारेको छ।

सोही क्रममा भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताहरुले ‘नेम प्लेट’ तोडफोड गरेपछि दुवै समूहबीच झडप भएको हो।

उनीहरुले एमालेको सुदूरपश्चिम इन्चार्ज भीम रावल नै रहेको भन्दै भट्टको नेम प्लेट हटाएका थिए।

दुवै समूह नाराबाजीमा उत्रिएपछि भएको झडपमा केही कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।

अहिले पार्टी कार्यालयको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ।