सुदूर नेपाललाई विश्वसँग जोड्दै

निजामती अस्पतालको निर्देशकमा डा. विधाननिधी पौडेल

२०७७ फाल्गुन २६, ०१:५२ खबर संवाददाता

काठमाडौ: निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. विधाननिधी पौडेल नियुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा. पौडेललाई निर्देशकमा नियुक्त गरेको हो। उनी वीर अस्पतालमा कार्यरत चिकित्सक हुन्।

त्यस अघि कार्यकारी निर्देशक पदका लागि नाम सिफारिस गर्न गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो। त्यसमा डा. पौडेल सहित डा. दिनेशकुमार लम्साल र डा. प्रकाशराज न्यौपानेको नाम सिफारिस गरिएको थियो।

सोही मध्यबाट मन्त्रीपरिषदले डा. पौडेललाई छानेको हो। कार्यकारी निर्देशकका लागि ८ जनाको आवेदन परेको थियो।

समितिले आवेदन दिएकामध्येबाट शैक्षिक योग्यता, अनुभव, तालिम र अनुसन्धानमूलक, कार्ययोजनाको मूल्याकंन अकंको आधारमा ३ जनाको नाम सिफारिस गरेको थियो।

यसअघि निजामती अस्पतालको निर्देशकमा डा दीर्घराज आरसी थिए। 

 

कमेन्ट लोड गर्नुस