सुदूर नेपाललाई विश्वसँग जोड्दै

६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

२०७७ फाल्गुन २६, १२:०६ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।  

तोलामा ८५ हजार ६ सय रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज भने तोलामा ८६ हजार २ सय रुपैयाँ मूल्य निर्धारण भएको छ । 

यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ६५ हजार १५० रुपैयाँमा कारोवार भएकामा आजका लागि भने ८५ हजार ७५० रुपैयाा मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले उकालो लागेको छ । एक हजार २५५ रुपैयाँमा मङ्गलबार कारोवार भएको चाँदी आज भने तोलामा एक हजार २७० रुपैयाँ मूल्य निर्धारण भएको छ ।

कमेन्ट लोड गर्नुस