सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा भिरबाट लडेर १ जनाको मृत्यु

२०७७ फाल्गुन २५, ०९:२२ खबर संवाददाता

बझाङः बझाङको खप्तडछान्ना गाउँपालिका ४ मा भिरबाट लडेर १ जनाको मृत्यु भएको छ।

भिरबाट लडेर  खप्तडछान्ना गाउँपालिका ४ माझीगाँउका ५० वर्षीय यज्ञराज रोकायाको मृत्यु भएको हो।

सङ्गम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष  रोकाया औली कुलो नहरमा  पानी रीटाउन जाँदा घट्टेखेतबाट १०० मिटर तल खसेका थिए। सोही क्रममा उनको मृत्यु भएको हो।
 

कमेन्ट लोड गर्नुस