सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

२०७७ फाल्गुन २५, ०८:२६ रासस

काठमाण्डौः देशभर पछिल्लो २४ घण्टामा ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ७ सय १५ को स्वास्थ्य परीक्षण गर्दा २५ महिला र ३४ पुरुष गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। त्यस्तै कोरोनाको कारण मृत्यु हुनेको थप सङ्ख्या एक रहेको छ। त्यस्तै थप ६० जना निको भएका छन्।

आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ८६९ पुगेको छ। अहिले देशभर ८ सय ७० सक्रिय सङ्क्रमित छन्। उनीहरुमध्ये ५६ क्वारेन्टिनमा रहेका छन्। अन्य आइसोलेसनमा रहेका छन्। हालसम्म नेपालमा २१ लाख ९९ हजार ९ सय ५० को पीसीआर परीक्षण भएको छ। हालसम्म तीन हजार १२ ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।

 

कमेन्ट लोड गर्नुस