सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउदीबाट फर्किएर धनगढीमा १ करोडको लगानीमा लाउन्ज बार

२०७७ फाल्गुन २५, ०७:१८ खबर संवाददाता

धनगढीः साउदी अरबमा ७ वर्ष काम गरेका एक युवाले धनगढीमा लाउन्ज बार खोलेका छन्।

धनगढी उप–महानगरपालिका वडा नम्बर ३ विशालनगरका प्रेमबहादुर बुढाले १ करोड १० लाखको लगानीमा एलिनाज लाउन्ज बार एण्ड रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हुन्। फागुन २८ गते विधिवत उद्घाटन गर्ने योजनामा उनी छन्।

बुढाले मगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै २ लाख वार्षिक भाडा तिर्ने गरी १ कट्ठा जमिन भाडामा लिएर रेष्टुरेन्टका लागि १ करोड १० लाख लगानीमा सरचना निर्मण गरेको बताए। उनले परिवार केन्द्रका रुपमा बार खेलिएको बताए। विदेशमा सिकेको सीप नेपालमा प्रयोगका लागि रेष्टुरेन्ट खोलिएको बताए।

उप–महानगरपालिका वडा नम्बर २ मा रहेको एभरेष्ट बैंक पछाडि सञ्चालनको तयारी गरेको रेष्टुरेण्टमा सुदूरपश्चिममा फरक तथा नयाँ स्वादमा फायर पिजा, थकाली सेट, विभिन्न खानाका परिकार, मःम र बिरायनीलगायतका नयाँ स्वाद दिने उनले बताए। उनले काठमाण्डौमा रहेको सोल्टी होटलमा लामो समय काम गरेको कुकले पकाएको परिकार दिने समेत बताए।

कमेन्ट लोड गर्नुस