सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा डडेल्धुरा पार्टी कार्यालयमा पनि एमालेको ब्यानर

२०७७ फाल्गुन २५, ०५:५० खबर संवाददाता

धनगढीः नेकपा पार्टी कार्यालय डडेल्धुरामा नेकपा एमालेको ब्यानर टाँगिएको छ। 

आइतबार सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रलाई व्युँताइदिएपछि एमालेले पार्टी कार्यालयमा नाम र साइनबोर्ड राख्न लागेको हो।

धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ। सोहीक्रममा डडेल्धुरामा पनि एमालेको ब्यानर राखिएको हो। 

नेकपा एमालेका केन्द्रीय सदस्य गजेन्द्र शाही, युवा संघ नेपालका केन्द्रीय सदस्य भरत मल्ल, नेकपा एमालेका कार्यालय सचिव राजेन्द्रबहादुर थापा मगर लगायतको उपस्थितीमा ब्यानर टाँगिएको थियो।  

कमेन्ट लोड गर्नुस