सुदूर नेपाललाई विश्वसँग जोड्दै

गरिवको परिचयपत्र धनीलाई वितरण

२०७५ असोज ५, १०:५१

बाजुरा जिल्लाका ५ गाउँपालिका र ४ नगरपालिकामा वितरण शुरू गरिएको गरिब घर परिचय पत्र हुने खानेलाई वितरण गरेको पाईएको छ । तत्कालीन जिल्ला विकास समितिले गरिब घर परिवारको तथ्याङ्क संकलन गर्दा वास्तविक गरिब छुटेको र सम्पन्न व्यक्तीहरुलाई उपलब्ध गराएको भन्दै स्थानीयहरुले आपत्ति जनाएका छन् । अर्काको खेतमा काम गरेर जिविका धान्दै आएका बडिमालिका नगरपालिका ७ सिराडी निवासीले भने ‘हलो जोतेर र खलो मागेकै भरमा ६ जनाको परिवार पाल्छु तर, गरिबको परिचय छैन्, स्थानीय धन उखेडाले भने । जिल्लामा गरिब घर परिचय पत्र वितरणमा गरिब परिवारभन्दा पनि हुनेखानेकै बोलबाला रहेको बडिमालिका नगरपालिका– ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । उनले भने ‘यो त्रुटिपूर्ण छ सच्याईनु पर्छ । गरिब परिचयपत्र लिन पुगेका बडिमालिका नगरपालिकाका हरि रोकायाले भने, ‘हुनेखाने व्यक्तिले पहुँचका भरमा परिचय पत्र लिए । नेपालगन्ज, काठमाडांैमा पक्की घर भएकै व्यक्तीहरूले परिचय पत्र पाएको उनको भनाई छ ।

कर्मचारी, ठेकेदार व्यापारी, राजनीतिक दलका नेतासम्मले परिचयपत्र पाएको पाइएको छ । बडिमालिका नगरपालिका वडा न ७ मा पनी सरस्वती निम्न माध्यायमिक बिद्यालयका प्राधानाध्यापक हस्तबहादुर धामी सोही बिद्यालयका शिक्षक सुरेन्द्र रोकाया, वडाकै सबैभन्दा ठुला साहु मोती सिहं बोगटी, स्थानीय तहका वडा सदस्य धनलाल पाध्याय, प्रयागराज जैशी, धनमती बिकका श्रीमान गच्या बिक, कला थापा, ठेकेदार बिजयराज जैशी र लक्ष्मी माबिका शिक्षक लालचन्द जोशी समेत गरीवहरुको सुचीमा रहेका छन । गरीब घर परिचय पत्रको लागि सरकारले २०६९ सालमा कार्यविधि तयार गरी २०७० सालमा लगत संकलन गरेको थियो । यही आधारमा जिल्लाका तत्कालीन २७ वटै गाविस तथा हालका ५ गाउँपालिका र ४ नगरपालिकामा लगत संकलन गरिएको थियो । जनसख्ंया, भौगलिक विकटता, सम्पत्ति र जातिगत गरीबीको अवस्था लगायत १८ ओटा सूचकलाई आधार मानेर लगत संकलन गरिएको थियो । त्यसमा अति गरीब, मध्यम र सीमान्तकृत गरेर ३ समूहमा वर्गीकरण गरिएको थियो । बर्गीकरण बमोजिम अति गरीबले निःशुल्क स्वास्थ्य सुविधासहित कर छुट, सामाजिक सुरक्षाभत्ता लगायतमा पनि प्राथमिकता पाउने छन् । त्यस्तै, अन्य परिचय पत्रधारीले पनि क्रमशः सहुलियतमा सेवा सुविधा पाउने कार्यविधिमा उल्लेख छ ।
 
 

कमेन्ट लोड गर्नुस