सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा झगडा हुँदा एक युवकले अर्का युवकको कान काटिदिए

२०७७ फाल्गुन २४, ०७:०१ खबर संवाददाता

धनगढीः बझाङमा युवकहरुबीच झगडा हुँदा एक युवकले आफ्नो कान गुमाएका छन्।

जिल्लाको केदारस्यू गाउँपालिका वडा नम्बर ५ का धनबहादुर भण्डारीको दाया कान काटिएको हो। 

आफ्नो कान काटेको भन्दै उनले स्थानीय प्रताप बोहराविरुद्ध अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेका जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए।

आइतबार साझ आर्थिक लेनदेनका कारण झगडा उनीहरुबीच भएको देखिएको प्रहरी नायव उपरीक्षक खड्काले बताए।
 

कमेन्ट लोड गर्नुस