सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ५ सय रुपैयाँले बढ्यो पहेंलो धातुको मूल्य

२०७७ फाल्गुन २३, ०३:३३ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । 

अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज साताको पहिलो दिन नै तोलामा रु ५०० ले वृद्धि भएको छ । मूल्य उकालो लाग्ने क्रममा आज छापावाला सुन तोलामा ८५ हजार ६०० रुपैयाँ मूल्य निर्धारण भएको छ।

छापावाला सुन तोलामा शुक्रबार ८५ हजार १०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा ५०० रुपैयाँले नै उकालो लागेको छ। 

तोलामा ८५ हजार १५० रुपैयाँमा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने ८५ हजार ६५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। चाँदी तोलामा एक हजार २५० रुपैयाँमा कारोवार हुनेछ।

कमेन्ट लोड गर्नुस