सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा ३७ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइने

२०७७ फाल्गुन २३, ०७:४८ खबर संवाददाता

धनगढी : अछाममा ३७ हजार बढीलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ । 

आजबाट सुरु भइरहेको कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत अछामका ३७ हजार बढी नागरिकलाई खोप लगाइने भएको हो ।

यतिबेला १४ हजार डोज खोप आइपुगेकाले ५ स्थानीय तहलाई पुग्ने र यी स्थानीय तहका प्रत्येक स्वास्थ्य संस्थामा ५५ वर्षभन्दा माथि उमेर समुहका नागरिकलाई खोप दिईने बताइएको छ ।

त्यस्तै बाँकी ५ स्थानीय तहमा पनि फेरी खोप आउने बित्तिकै अभियान सञ्चालन गरिने भनिएको छ ।

यसैबीच जिल्ला खोप समन्वय समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको अध्यक्षतामा खोप अभियानबारे मंगलसेनमा जिल्लास्तरीय अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत गरिएको जनाइएको छ।

कमेन्ट लोड गर्नुस