सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमा पनि किसान सूचीकरण प्रणाली सुरु

२०७७ फाल्गुन २२, ०९:१८ खबर संवाददाता

धनगढीः नेपाल सरकारले किसान सूचीकरण प्रणाली सुरु गरेसंगै सुदूरपश्चिममा पनि सुरु भएको छ।

प्रदेशको भूमि व्यवस्था कृषि  तथा सहकारी मन्त्रालयले तीन जना किसानलाइ नमूना प्रणालीमा समावेश गर्दै सुरुवातत गरेको होा।

किसान सूचीकरण राष्ट्रिय अभियानको प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार शुभारम्भ गरेका थिए। सोहि कार्यक्रमपछि प्रदेश सरकारले धननगढी उपमहानगरपालिका वडा  नम्बर १० का किरन राना, सोहि वडाका देवराज चौधरी सहित तीन जना किसानको नाम नमूना सूचिकरण गरिएको हो। 

किसान सूचीकरण व्यवस्थापन प्रणाली सञ्चालन गर्न युरोपियन युनियनले सहयोग गरेको प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको पशुपंक्षी विकास निर्देशनालयका निर्देशक डाक्टर मदनसिँह धामीले बताए।

यसप्रणाली मार्फत किसानका सूचना तथा विवरणहरू एकिकृतरुपमा व्यवस्थापन गरिने उनले बताए। किसानको पहिचानका लागि विद्युतीय प्रविधिमा आधारित तथ्याङ्क भण्डारण गर्ने प्रविधिको विकास गरिएको मन्त्रालयले जनाएको छ।

किसान सुचिकृत हुनका लागि सफ्टवेयर प्रणालीमा आबद्ध हुनुपर्ने हुन्छ। सूचीकरण हुनका लागि किसानले तोकिएका संक्षिप्त विवरणहरू भर्नुपर्ने हुन्छ। किसानहरुले रजिष्ट्रेशनका लागि ाबचmभच.mयबमि.नयख.लउ÷चभनष्कतभच  मा गई आफ्नो विवरण भर्न सकिनेछ।
 

कमेन्ट लोड गर्नुस