सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर ४७ जना कोरोना संक्रमित थपिए, ६२ जना डिस्चार्ज

२०७७ फाल्गुन २२, ०५:२८ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ४७ जना कोरोना  संक्रमित थपिएका छन्।  

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५ सय ३५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा देशभर थप ४७ जनाको कोरोना संक्रमित  भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ।

यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ। त्यस्तै, गएको २४ घण्टामा देशभरबाट थप ६२ जना संक्रमणमुक्त भई घर फर्किएका छन्।

यो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ। क्वारेनटिनमा ५५जना रहेका छन्।

गएको २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन। नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १० पुगेको  ।

कमेन्ट लोड गर्नुस