सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वाथ्यका लागि किन जरुरी छ ओखर ?

२०७७ फाल्गुन २२, ०६:२४

जाडोमा शरीरलाई तातो र ऊर्जाशील बनाउनका लागि ओखर राम्रो स्रोत हो। जाडोमा यसको सेवनले शरीरलाई फाइदा हुन्छ।

यसमा जरूरी पोषक तत्त्व, मिनरलहरू, एन्टीअक्सिडेन्ट र भिटामिन हुन्छन् जसले शरीरका धेरै रोगहरू भगाउँछन् । दिनको एक ओखर खानुका फाइदा यस्ता छन् :

दिनदिनै एउटा ओखर खाँदा शरीरमा ऊर्जा कायम रही कोलेस्ट्रोल पनि नियन्त्रणमा रहन्छ। यसमा भएको एन्टीअक्सिडेन्ट र ओमेगा थ्री फ्याट्टी एसिडले मुटु स्वस्थ राख्छ। 

ओखर दिनदिनै दूधका साथ खाँदा घुँडा, जोर्नी र कम्मरको पीडा हराउँछ। बच्चाहरूलाई दूधसँग एउटा ओखर खुवाउँदा दिमाग तीखो हुन्छ। 

स्याउ, दालचिनी र ओखरको सलाद बनाएर दिनदिनै खाँदा तौल घट्छ। अनि यो खाँदा दिनभरि ऊर्जा प्राप्त हुन्छ। 

राति सुत्नुअघि एक ओखर खाँदा राम्रो निद्रा लाग्छ । त्यसमा भएको मेलाटोनिन हर्मोनले तपाईंलाई निद्रा लगाउँछ। 

ओखर सेवनले महिलामा मधुमेह र स्तन क्यान्सरलाई घटाउँछ। 

यसमा भएका भिटामिन बी र एन्टीअक्सिडेन्ट गुणले छालालाई सुब्खापन र फी –याडिकलबाट बचाउँछ । छालामा डण्डीफोर र चाउरी पर्न पाउँदैन। कपाल पनि राम्रो हुन्छ। 

दिनदिनै बिहान ओखर खाँदा मानसिक रोग उत्पन्न गर्ने हानिकारक फ्री –याडिकलहरू नष्ट हुन्छन्।-एजेन्सी 

कमेन्ट लोड गर्नुस