बझाङमा २ जना फरार प्रतिवादी पक्राउ
धनगढी : बझाङमा २ जना फरार प्रतिवादी पक्राउ परेका छन्।
गाली वेईज्जत मुद्दामा संलग्न जिल्लाको मष्टा गाउँपालिकाका ६१ वर्षीय झिल्के बुढालाई १३ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सार्वजनिक अपराधमा संलग्न रहेका जयपृथ्वी नगरपालिकाकी ४० वर्षीया सुपारी सुनारलाई पनि ५ वर्षपछि पक्राउ गरिएको छ।
उनीहरुालाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।