सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा एक हजार रुपैयाँले घट्यो पहेंलो धातुको मूल्य

२०७७ फाल्गुन २०, १२:१२ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा नै एक हजार रुपैयाँले ओरालो लागेको छ ।

तोलामा ८७ हजार ५०० रुपैयाँमा बुधबार कारोवार भएको छापावाला सुन आजका लागि भने ८६ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

त्यसैगरी बुधबार ८७ हजार ५०रुपैयाँमा कारोवार भएको तेजाबी सुन आजका लागि भने तोलामा ८६ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

साथै बुधबार एक हजार ३१५ रुपैयाँमा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ रुपैयाँ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ ।

कमेन्ट लोड गर्नुस