तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौँ: स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ । तोलामा नै मङ्गलबार एक हजार सात सयले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजार रुपैयाँमा कारोवार भएको छापावाला सुन आजका लागि भने ८७ हजार ५०० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार तोलामा ८६ हजार ५५० रुपैयाँमा कारोवार भएकामा आज भने तोलामा ८७ हजार ५० रुपैयाँ मूल्य निर्धारण भएको छ ।
यस्तै चाँदी तोलामा नै २५ ले वृद्धि भएको छ । चाँदी प्रतितोला एक हजार २९०रुपैयाँमा मङ्गलबार कारोवार भएकामा आजका लागि भने एक हजार ३१५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।