डडेल्धुरामा ६३ हजार बढीले राष्ट्रिय परिचय पत्रका लागि विवरण भरे
डडेल्धुरा: डडेल्धुराका स्थानीय तहमा सञ्चालन गरिएको राष्ट्रिय परिचय पत्र विवरण संकलन शिविरमा ६३ हजार बढीले विवरण भरेका छन्।
जिल्लाका ७ वटै स्थानीय तहका ६३ हजार ४ सय ६ जनाले राष्ट्रिय परिचय पत्रका लागि विवरण भरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।
गत पुस २ गते देखिस्थानीय तहबाट राष्ट्रिय परिचयका लागि विवरण भर्न संकलन थालिएको थियो।
स्थानीय तहमा राष्ट्रिय परिचयका लागि विवरण भर्न सम्पन्न भएको छ। तर जिल्ला प्रशासन कार्यालबाट भने नियमित रुपमा विविरण सञ्चालन जारि रहेको जिल्ला प्रशासन कर्यालयले जनाएको छ।