सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहेँलो धातुको मूूल्यमा ४ सय रुपैयाँले वृद्धि

२०७७ फाल्गुन १७, ०५:३४ रासस

काठमाडौँ: स्थानीय बजारमा पहेंलो धातुको मूल्यमा आज सामान्य सुधार भएको छ । 

अघिल्लो सातादेखि ओरालो लागेको सुनको मूल्य आइतबार पनि ओरालो नै लागेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तय गरेको मूल्यसूची अनुसार सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको छ । 

प्रतितोला ८८ हजार ३०० रुपैयाँमा आइतबार कारोवार भएको छापावाला सुन आज भने ८८ हजार ७०० रुपैयाँ मूल्य कायम भएको छ । 

त्यसैगरी तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ८७ हजार ८५० हजार रुपैयाँमा कारोवार भएकामा आजका लागि ८८ हजार २५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

तोलामा एक हजार ३२५ रुपैयाँमा आइतवार कारोवार भएको चाँदी आजका लागि भने पाँच रुपैयाँले वृद्धि भई एक हजार ३५० रुपैयाँ मूल्य निर्धारण भएको छ । 

कमेन्ट लोड गर्नुस