सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा “गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा” कार्यक्रम

२०७७ फाल्गुन १७, ०१:०६ खबर संवाददाता

धनगढी: बैतडीमा “गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा” कार्यक्रम सञ्चान गर्न थालिएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिकामा गर्भवती महिला लक्षित कार्यक्रम अन्तर्गत “गर्भवती महिलाको घरमा झण्डा, हातमा अण्डा” कार्यक्रम सञ्चालन गर्न थालिएको हो ।

आइतबारदेखि गर्भवती महिलाहरुसँग अन्तरक्रिया गर्दै सो कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ ।

स्वास्थ्य अवस्था समान्य भएका गर्भवती महिलाको घरमा हरियो झण्डा र जटिल स्वास्थ्य अवस्था भएका गर्भवती महिलाको घरमा रातो झण्डा राखिने जनाइएको छ ।

यस्तै गर्भावस्थामा महिलाहरुले अपनाउनुपर्ने स्वास्थ्य सावधानी एवम् पोषिलो खानेकुरामा जोड दिँदै पोषीला खानेकुराको किट समेत दिइँदैछ । 


 

कमेन्ट लोड गर्नुस