सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मालिकार्जुन गाउँपालिका ३ का अध्यक्ष धामीको निधन

२०७७ फाल्गुन १७, १२:४९ खबर संवाददाता

दार्चुला: दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रुद्रसिंह धामीको निधन भएको छ। 

उनको सोमबार बिहान मडमा रहेको आफ्नै घरमा निधन भएको हो। 

मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनको ७८ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको आफन्तले बताएका छन्। 

शैल्यशिखर र मालिकार्जुनमा २ दिन शोक विदा
वडाअध्यक्ष धामीको मृत्युपछि  शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा २ दिन शोक विदा दिने निर्णय भएको छ।

राष्ट्रकै सातौँ धामको रुपमा रहेको शैल्यशिखर मालिकार्जुन धामका मुखिया धामीको मृत्यु भएपछि मालिकार्जुन र शैल्यशिखरमा २ दिन शोक विदा दिइएको शैल्यशिखरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टले बताए। 

वडाध्यक्ष एवं मुखिया धामीको पार्थिव शरीरमाथि सोमबार दिनभरी श्रद्धाञ्जली व्यक्त गरिने र मंगलबार बिहान ७ बजे मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मल्ला गाउँबाट शव यात्रा सुरु हुने बताइएको छ। 

उनको गोकुलेश्वरस्थित चमेलिया नदीमा अन्तिम संस्कार गरिने मालिकार्जुन विकास समिति मडका सचिव जनकसिह धामीले बताए। 

कमेन्ट लोड गर्नुस