बझाङ्गमा लागुऔषध मुद्दामा फरार प्रतिवादी पक्राउ
बझाङ्गः जिल्ला प्रहरी कार्यालय बझाङ्गले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्लाको मष्टा गाँउपालिका वडा नम्बर १ बस्ने ३९ वर्षीय प्रकाशबहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको हो। उनी २०७४ चैत्र २५ गते लागुऔषध चरेस मुद्दामा पक्राउ परेका थिए। सो बेला ४० हजार धरौटी राखि तारेखमा छुटेका उनलाई जिल्ला अदालत बझाङ्गले २०७५ असार ३२ गते १ वर्ष ९ महिना २० दिन कैद र १५ हजार जरिवाना सजाय सुनाएको थियो। त्यसपछि उनी फरार रहेका थिए। उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ।
उनलाई सोमबार जिल्ला अदालत बझाङ्गमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बझाङ्गका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले जानकारी दिए।