सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा

२०७७ फाल्गुन १६, ०६:५४ खबर संवाददाता

धनगढीः केलालीको धनगढीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा आएको छ। 

बाजुराका युवा ललित थापा शिरिषले झण्डै डेढ करोडको लगानीमा ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ सञ्चालनमा ल्याएका हुन्। 

काठमाण्डौँ, पोखरा, धरान, धनकृटा, चितवन, हेटौडालगायत देशभरी ५६ शाखा रहेको ‘द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन’ को फ्रेन्चाइज सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि सञ्चालनमा आएको हो। 
बर्गरका साथसाथै क्रन्ची फाईड चिकेन, सेकुवा, मःम र चाउमिनलगायतका परिकार पाईने संचालक शिरिषले बताए। 

उनले २५/३० जना युवाहरूलाई प्रत्यक्ष रोजगारी दिएको पनि बताएका छन्।  
 

कमेन्ट लोड गर्नुस