सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा ५ सय रुपैयाँले घट्यो पहेँलो धातुको मूल्य

२०७७ फाल्गुन १६, ०४:३३ रासस

काठमाडौँ: स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ५ सय रुपैयाँले ओरालो लागेको छ । 

अघिल्लो साता पनि ओरालो लागेको सुन आज साताको पहिलो दिन नै तोलामा ५सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ८८ हजार ३०० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । 

शुक्रबार छापावाला सुन तोलामा ८८ हजार ८०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८७ हजार ८५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार भएको थियो । 

यस्तै चाँदी आज तोलामा १० ले घटेको छ । शुक्रबार तोलामा एक हजार ३३५ मा कारोवार भएको चाँदी आज भने एक हजार ३२५ मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

कमेन्ट लोड गर्नुस