सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवा मृत फेला

फाइल फोटो
फाइल फोटो । फोटो स्रोत ।
२०७७ फाल्गुन १६, ०३:५३ खबर संवाददाता

धनगढी: बैतडीमा चितुवा मृत फेला परेको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ३ स्थित बकजेवलामा चितुवा मृत अवस्थामा फेला परेको हो ।

मृत चितुवा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका र आईतवार बिहान प्रहरी टोली र डिभिजन वन कार्यालय बैतडीको टोलीले चितुवालाई वन कार्यालय ल्याएको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ ।

डिभिजन वन कार्यालय बैतडीका अनुसार प्रहरी, पत्रकार तथा वन पदाधिकारीहरुको बैठक बसी मृत चितुवाको व्यवस्थापन गरिने छ । 

कमेन्ट लोड गर्नुस