सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार नाघ्यो

२०७७ फाल्गुन १५, ०५:५८ खबर संवाददाता

काठमाडौं: नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा थप ८१ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

मन्त्रालयका अनुसार गत २४ घन्टामा थप २ हजार ८ सय २४ पिसिआर परीक्षण गर्दा ३५ जना महिला र ५६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ। 
यस्तै गत २४ घन्टामा थप ४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ पुगेको छ। 

यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो।  पछिल्लो समय नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दरमा संक्रमित हुने दर बढ्दै गएको छ। यस्तै गत २४ घन्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको छ। 

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ पुगेको छ। यो दर कुल संक्रमितको १ दशमलव शून्य १ प्रतिशत हो।


 

कमेन्ट लोड गर्नुस