सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा थरुहट/थारुवान राष्ट्रिय मोर्चाको राष्ट्रिय सम्मेलन

२०७७ फाल्गुन १५, ०१:५२ खबर संवाददाता

धनगढी: कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा शनिबारदेखि थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ।

सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन सुरु गरेका हुन्। 

कार्यक्रमको उद्घाटन जनता समाजवादी पार्टी(जसपा) का नेता राजेन्द्र महतोले गरेका छन्। 

दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहने जनाइएको छ।

कमेन्ट लोड गर्नुस